उर्लाबारीमा खुल्यो होण्डाको शोरुम
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

उर्लाबारी । मोरङको उर्लाबारीमा होण्डा ब्राण्ड मोटरसाइकलको आधिकारिक बिक्रेता ऋषियाना अटोमोवाईल प्रा.लि. उर्लाबारीले शोरुम संचालनमा ल्याएको छ ।

सोमबार उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले शोरुमको उद्घाटन गर्दै ऋषियानाले आफ्नो आधिकारीक विक्री सुरु गरेको हो ।

कार्यक्रममा बोल्दै मेयर फागोले उर्लाबारीको व्यवासायिक क्षेत्र फराकिलो भएका कारण उर्लाबारीलाई केन्द्र बनाएर आउने जुनसुकै पेशाव्यावसाय गर्न आउनेलाई नगरपालिका स्वागत गर्न तयार रहेको बताए ।

साथै उनले व्यावसायिक सुरक्षाका लागि नगरपालिकाले अपनाउनु पर्ने आधारभुत कुराहरुको विकास गर्न नगरपालिका लागि परेको समेत बताए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका नगरसभापति सुरेन्द्र लिम्बू, उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य प्रितम खड्गी, रेडक्रस सोसाइटी उर्लाबारीका अध्यक्ष मदनबाबु प्रसाईलगायतले व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटनको अवसरमा शोरुमले एक्सचेञ्ज अफर ल्याएको छ । होण्डाको नयाँ प्रस्तुतिको रूपमा रहेको ३ सय ५० सिसिको हाईनेस बाईक र २ सय सिसिको हर्नेट बाईकसहित अन्य नयाँ मोटरसाइकलहरु अब उर्लाबारीको सोरुममा उपलब्ध रहेकोे सञ्चालक मिलन गौतमले बताए ।

गौतमका अनुसार जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएपनि एक्सचेञ्ज अफरअन्तर्गत होण्डाका बाईक एवं स्कुटीहरु लान सकिने र प्रत्येक मोटरसाइकलमा न्यूनतम ५ हजारको छुट अफरसमेत रहेकोे छ । 

एक्सचेञ्ज अफर एक साता सम्म रहनेछ । उर्लाबारीमा चाडै अत्याधुनिक उपकरणसहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याईने र पथरी लगायतका क्षेत्रमा समेत शाखा मार्फत सेवा दिने साथै फाईनान्सको ब्यवस्थापन गरिएको छ । कार्यक्रम प्रालिका अध्यक्ष रञ्जित चौहानको सभापतित्वमा सम्पन्न् भएको थियो ।

    राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने, मौद्रिक र वित्तीय नीति सँगसँगै जानुपर्छ : अर्थ मन्त्रालय राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने, मौद्रिक र वित्तीय नीति सँगसँगै जानुपर्छ : अर्थ मन्त्रालय

    अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक सरकारबाट पूर्णरूपमा पृथक भएर काम गर्न नसक्ने भन्दै मौद ...

    विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

    काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वि ...

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन्। स ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज