स्पेनको टोलेडो प्रान्तमा भएको दुःखद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले दुर्घटनामा परी बहुमूल्य जीवन गुमाएको खबरले नेपाल सरकारलाई दुःखी बनाएको जनाएको छ। मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

मन्त्रालयले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ। नेपालले दुर्घटनाबाट प्रभावित स्पेन सरकार, स्पेनी जनता तथा सबै परिवारजनप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।