सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।