नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि निधन भएका सर्लाहीका विवेक मण्डलका सन्तानको शिक्षादीक्षामा सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विवेकका सन्तानको शिक्षादीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई गराइसकेको जनाएका छन्। मण्डलको उपचारका क्रममा मंगलबारै बिहान २ बजेर ४० मिनेटमा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको हो। 

सभापति थापाले विवेकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। 

गएको बिहीबार दिउँसो विवेक घरबाट निस्किएर सडकमा पुगेपछि आत्मदाहको प्रयास गरेका थिए।