झुटो मुद्दामा थुनिएको भन्दै जेनजी थुनुवाका अभिभावकहरूले प्रदर्शन गरेका छन्। मङ्गलबार राष्ट्रपति भवन शीतल निवास अगाडि उनीहरूले प्रदर्शन गरेका हुन्।
थुनुवाका अभिभावक देवशरा भण्डारी लगायतले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिन पुगे पनि त्यहाँ प्रहरीले हस्तक्षेप गरेपछि शीतल निवासमा पुगेका हुन्।




















