नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन्। सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन्।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिए।
‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो। राति ज्वरो आयो। डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने।















