आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री बालेन शाहले दिउँसो २:३० बजे सिंहदरबारस्थित कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकले आगामी आर्थिक वर्षको बजेट तथा त्यससँग सम्बन्धित प्रस्तावहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ।

मन्त्रिपरिषदबाट स्वीकृत भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न लागेको हो।