झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट जेठ १४ गते लागूऔषधसहित १५ जनालाई पक्राउ गरिएको छ।
झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय अनारमनिले झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बि.क, अमर राई, आईत सिंह तामाङ, समीर तामाङ र सुभराज राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल हाईड्रोक्लोराइड- २९० क्यापसुल, स्पास्मो- १५० ट्याब्लेट, एन्टिकोफ- १५० ट्याब्लेट र २७० मिलिग्राम ब्राउन सुगरसहित, प्रहरी चौकी भोक्राहानरसिंहले सोही स्थानका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा, प्रतिबन्धित औषधी- २५ ट्याब्लेट सहित, अस्थायी प्रहरी चौकी बाङगेले बराहक्षेत्र नगरपालिका-७ कि रचना राई र अरुणा बि.क. लाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उप- महानगरपालिका-२ का संजोग राई, जित बहादुर राई र पुष्पा प्रधानलाई ६ ग्राम ९७० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेको सबै जनाको थप अनुसन्धान भईरहेको छ।