सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन्। उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज छलफल गर्न लागेका हुन्।
रास्वपा प्रवक्ता मनिष झाले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो १ः३० बजेदेखि छलफल सुरू हुने जानकारी दिए। उनका अनुसार सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ।
प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रम आयोजना हुने सूचनामा उल्लेख गरेका छन्। सूचनामा सांसदहरूसँगको छलफलको एजेन्डाबारे भने केही खुलाइएको छैन।
‘सांसदज्यूहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा पार्टी सभापतिज्यू कोशी प्रदेश र मधेश प्रदेशका उपलब्ध सांसदज्यूहरूसँग छलफल गर्ने तालिका रहेको छ,’ सूचनामा भनिएको छ।




















