कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम बहादुर सुब्बा फुदोङ र विराटनगरकी रुपा थापा ओझा नियुक्त भएका छन्। 

प्रदेश लोकसेवा आयोग ऐन २०७६ अनुसार मुख्यमन्त्री, प्रदेश सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले दुई जना सदस्यहरू नियुक्त गरेका हुन्। 

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुरागाईँले नवनियुक्त सदस्यहरू भीम बहादुर सुब्बा फुदोङ र रुपा थापा ओझालाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन्।

शपथ ग्रहण समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभामुख अम्बर बहादुर विष्ट लगायत राजनैतिक दलका नेताहरू, मन्त्रीहरू, प्रदेश सांसदहरू, सचिवहरूको उपस्थिति रहेको थियो।

प्रदेश लोकसेवा आयोगका र्दुइजना सदस्यहरूको ६ वर्षे कार्यकाल समाप्त भएपछि सुब्बा र ओझालाई नियुक्त गरिएको हो।