सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन्। प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि मल्ल बिदामा बसेकी हुन्।
यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
तर संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा न्यायिक वृत्तमा भइरहेको थियो।
डा। शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा न्यायाधीश मल्ल सहभागी भएकी थिइनन्।




















