गुल्मीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
इस्मा गाउँपालिका वडा नम्बर-६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मङ्गलबार साँझ कुटपिटपछि राति नै सुमित्रालाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकामा अस्पतालले राति १२ बजे मृत घोषणा गरेको थियो।
मृतक सुमित्राको मुखमा र घाँटीमा चोट लागेको थियो भने छातीका सात वटा करङ भाँचिएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ।
मादक पदार्थ सेवनबाट उक्त घटना घटाएको प्रहरीले जनाएको छ। थम्मनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ।




















