अखिल नेपाल सुकुम्वासी सङ्घले देशभरका सुकुमबासीहरूको अधिकार र न्यायका लागि भोलि वैशाख ३१ गते पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। 
बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै सङ्घले बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग चक्काजाम गर्ने जानकारी दिएको हो। सुकुम्वासी बस्तीहरूमा सरकारी पक्षबाट भइरहेको डोजर आतंक र उठिबासको प्रतिवाद गर्न यो कदम चाल्नुपरेको सङ्घले जनाएको छ।