विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी दिएका हुन्।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध जनाएका थिए।