कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन्। खनालले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो जिम्मेवारीबाट अलग भएको बताएका हुन्।
उनी कार्कीको विश्वासपात्र हुन्। राजीनामाको कारण भने खुलेको छैन। खनालले भने पार्टी राजनीतिमा सक्रिय हुन जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन्।
हिक्मतकुमार कार्की पहिलो प्रदेशसभा निर्वाचनपछि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए। उनी कानुन मन्त्री हुँदा पनि खनाल सचिवालयमा नै थिए। कार्की मुख्यमन्त्री बनेपछि जनसम्पर्क सल्लाहकारको जिम्मेवारी खनालले पाएका थिए।
खनालले आफ्नो कार्यकालका क्रममा सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरेका छन्।
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्कीका विश्वासपात्र खनाल २०७४ सालदेखि उनको सचिवालयमा विभिन्न भूमिकामा थिए।




















