राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्। उनले राष्ट्रपति भवन शीतलनिवासमा आज (आइतबार) शिष्टाचार भेटवार्ता गरेका हुन्।
त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए।
साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।




















