पूर्वगृहमन्त्री रमेश लेखक पनि १३ दिनको हिरासत बसाइपछि रिहा भएका छन्।
नेपाली कांग्रेसका नेतासमेत रहेका लेखकलाई हिरासतबाट हाजिर जमानीमा केही बेरअघि रिहा गरिएको हो।
पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका हुन्। उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।




















