प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकेको छ।
निर्वाचन तालिकाअनुसार दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ। उपसभामुख पदका लागि शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन हुनेछ।
उपसभामुख पदमा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) को मुख्य दाबी रहेको छ। अहिले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जसलाई समर्थन गर्छ सोही पार्टीबाट उपसभामुख बन्ने निश्चित छ।
प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद छन्।




















