राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले पार्टीले पाएको झन्डै दुई तिहाइ बहुमत आकस्मिक घटना नभएको बताएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले रास्वपाले पाएको बहुमत एआई र अल्गोरिदमका कारण नभएको पनि स्पष्ट पारिन्। 

उनले यसलाई लामो समयदेखि सञ्जित जनआक्रोश र परिवर्तनप्रतिको तीव्र चाहनाको अभिव्यक्ति भएको उल्लेख गरिन्। 

‘यो केवल अंकगणितीय बहुमत होइन, यो जनताको पुनर्जागणबाट जन्मिएको सदन हो। रास्वपाले प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमत आकस्मिक घटना वा एआई र अल्गोरिदमको खेल होइन‚’ डाँगीले भनिन्।

साथै, उनले क्षेत्रगत रूपमा उठेका समस्यालाई सरकारले गम्भीर भएर समाधानमा ध्यान दिएर टुंगो लगाउने विश्वास पनि व्यक्ति गरिन्।