नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु। सरकार एक्सनमा जाओस्। तर, सरकारले स्टन्ट गरेर समय बर्बाद नगरोस्।’
राज्यको समय ट्रायल गरेर, स्टन्ट गरेर बर्बाद गरियो भने नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नरहने उनले बताए।
विगतमा राज्यदारा नै विभेदमा पारिएका वर्ग र समुदाय खासगरी दलित समुदायसँग सरकारले माफी मागेको विषयलाई उनले सकारात्मक भने।
उत्पिडमा परेका वर्गलाई अधिकार दिने गरी संविधान बनेको र उक्त संविधानको असली कार्यान्वयले समाजमा समानता ल्याउने पनि उनले बताए।
सभामुखमा निर्वाचित डोलप्रसाद अर्याललाई शुभकामना दिँदै उनले तटस्थताको अपेक्षा गरिएको बताए।
‘यो बहुमतको पेलान गर्ने थलो नहोस्’ उनले भने।
जेनजी आन्दोलन व्यवस्थाको विरुद्ध नभएर अवस्था परिवर्तनका लागि भएको भनेर उनले त्यसअनुसारको व्यवहार हुनुपर्ने बताए।




















