नेपाल निर्माण व्यवसायी महासंघको १३औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ। सोमबार बिहान काठमाडौंको अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
महासंघको गरिमालाई उच्च राख्दै निर्माण क्षेत्रको विकास र व्यवसायीको हकहितका निम्ति प्रतिबद्ध भएर लाग्ने उनीहरूले बताए। अधिवेशनबाट नयाँ कार्यकालका निम्ति नेतृत्व चयन गरिएको हो।
शपथग्रहण कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायी र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो। नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि नै आफ्नो कार्यभार सम्हाल्ने महासंघले जनाएको छ।




















