नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। आइतबार राष्ट्रियसभा बैठकमा उनले उक्त निर्णयले पञ्चायतकालीन निरञ्कुश तानाशाही व्यवस्थाको झल्को दिएको टिप्पणी गरे।

“यो सरकार लोकतान्त्रिक हो भन्ने मलाई लाग्दछ,” उनले भने, “यदि, त्यस्तो हो भने विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने यो निर्णय नेपाल सरकारले तुरुन्त खारेज गरोस्, फिर्ता लिइयोस्।” 

सांसद आलेमगरले कुनैपनि राजनीतिक दलमा संगठन आबद्ध हुने विषय संविधान र कानुनसम्मत हुने बताए। सरकारले त्यसलाई प्रतिबन्ध लगाउन नमिल्ने तर्क समेत उनले गरे।

उनले बहुदलीय व्यवस्थामा दलहरू छान्ने अधिकार जोकोहीलाई हुन्छ भन्ने सरकारले हेक्का राख्नुपर्ने समेत बताए।