सुनसरीको कोशी गाउँपालिका-१ लौकही चोक स्थितबाट प्रतिबन्धित लागूऔषध १६ हजार ८ सय क्याप्सुल सहित १ जना पक्राउ परेका छन्।
सुनसरीको इलाका प्रहरी कार्यालय लौकहिबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-२ का २५ वर्षिय संजय कुमार यादवलाई चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषध १६ हजार ८ सय क्याप्सुल सहित पक्राउ गरेको हो।
पक्राउ परेका यादवको सम्बन्धमा इलाका प्रहरी कार्यालय लौकहीबाट थप अनुसन्धान भईरहेको छ।




















