नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इनिशा बिक घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गर्न माग गरेका छन्।
उनले फेसबुक मार्फत कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन् ,‘सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ। मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’




















