नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २७५ रुपैयाँले घटेर ५ हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




















