सुन्दरहरैँचा। प्रजातन्त्र दिवसको अवसर पारेर JCI Indrapur को आयोजना तथा Indrapur Junior Jaycees को सह–आयोजनामा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्राविधिक सहयोग Birat Medical College and Teaching Hospital ले गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की रहनुभएको थियो।
IMG-20260219-WA0002 (1)सुन्दरहरैँचा क्षेत्रमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवाहरु, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। मानव सेवाको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कुल ४८ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रमले समाजमा रक्तदानको महत्वबारे सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकता परेको बेला रगत अभाव नहोस् भन्ने उद्देश्य पूरा गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ।
आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।