रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पहिलो चुनावी भाषण गरेका छन्। बुधबार धनगढीमा आयोजित सभामा उनले संक्षिप्त सम्बोधन गरेका हुन्। झापा-५ का बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका बालेनले आफू भोटभन्दा पनि काम माग्न आएको बताए।
'राष्टिय स्वतन्त्र पार्टी भोट माग आएको हैन। काम माग्न आएको हो। तपाईंहरूले भोट नदिए पनि काम गर्छ। तपाईंहरूले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्छ। तपाईंहरूले काम दिनू,' बालेनले भने।
नेपाल आफैं सुन्दर रहेको उल्लेख गर्दै उनले माल पाएर चाल नपाएको भन्दै स्विजरल्यान्ड किन बनाउनुपर्यो भन्दै प्रश्न गरेका छन्। रास्वपाबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उनले आफूले धेरै नबोल्ने भन्दै छोटकरीमा आफ्नो मन्तव्य टुंग्याए।




















