टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो।
‘विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको थियो,’ विमानस्थलका एक अधिकारीले भने, ‘जहाजको चालकदलले यहीँ अवतरण नगर्ने बरु बंगलादेशको ढाका डाइभर्ट गर्ने भनेपछि उतै गयो।’
टर्किसको ए३३० सिरिजको उक्त वाइड बडी जहाज बुधबार बिहान ११ः१० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने तालिका थियो। जहाज १०ः५६ बजे विमानस्थल आइपुग्ने अनुमानित समय थियो।
टर्किसको उक्त जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ।




















