राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ। बिहान ११ बजेदेखि हुने चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम रहेको छ। चुनावी सभामा सहभागी हुन सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन्।
त्यस्तै, बालेन आज मात्रै धनगढी पुग्ने कार्यक्रम रहेको रास्वपा कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार आनन्द बहादुर चन्दले बताए। दुई नेता धनगढी आउँदा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यकर्ताको चाप बढ्न सक्ने आकलनसहित प्रहरीले सुरक्षा व्यवस्थालाई पनि कडा बनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपि योगेन्द्र तिमिल्सिनाले धनगढीमा आज थप प्रहरी तैनाथ गरिएको बताए। ‘अनुसन्धान टोली सहित थप प्रहरी धनगढी क्षेत्रमा परिचालन गरेका छौँ, तिमिल्सिनाले भने, ‘आवश्यक परे थप प्रहरी परिचालनका लागि तै नाथी अवस्थामा राखेका छौँ, सशस्त्र प्रहरी पनि पचिलान भएको छ।’ रास्वपा सभापति लामिछाने र बालेनले दिउसो १२ बजे सभालाई सम्बोधन गर्ने कार्यपालिका रहेको छ।




















