शिवरात्रिको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन्। श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए। प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।