भोजपुरमा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।
सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि हिँडेको २४ जना सेना सवार बस भोजपुर नगरपालिका-३ को सेती बगरनजिक सडकबाट खसेको हो।
ना ४ ख ७३१७ नम्बरको उक्त यात्रु बस सेतीबगरनजिक मोडबाट तल खस्दा घाइते भएका ११ जना सैनिकको उद्धार गरिएको छ।
दुर्घटनापछि अहिले त्यहाँ सेनाको अर्को टोली, प्रहरी र स्थानीयबासीसहितले घाइतेहरूको उद्धार गरेका छन्।




















