राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै आज सुर्खेतमा वाचा पत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले आफ्नो प्रतिबद्धता र योजना समेटिएको वाचा पत्र सार्वजनिक गर्न लागेको हो।
सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभामार्फत वाचा पत्र सार्वजनिक गरिने कार्यक्रम तय गरिएको छ । सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
रास्वपाले यसअघि बुधवार धनगढीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरिसकेको छ। देशका विभिन्न स्थानमा चुनावी सभा गर्दै पार्टीले निर्वाचन अभियानलाई तीव्र बनाएको जनाएको छ।




















