आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले बढेर तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा तीन लाख चार सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १८० रुपैयाँले बढेर तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।