दोश्रो बेलबारी महोत्सवको अवसरमा आज माघ ०२ गते अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“बेलबारी बन्छ, जब बेलबारीमै बन्छ” भन्ने विषयमा आयोजित प्रतियोगितामा बेलबारीमा रहेका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा कविर माध्यमिक विद्यालयकी निरुसा कार्की प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी, मोरङ ज्ञानोदय विद्यालयकी मनिसा बास्तोला दोस्रो भइन् भने कविर माध्यमिक विद्यालयकी स्तुति रुपाखेति तेस्रो स्थानमा रहिन्।
प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय विकास र आत्मनिर्भरता सम्बन्धी सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।




















