पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन्।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएका हुन्।

विशेष महाधिवेशनस्थल छाडेका डा. भण्डारी अहिले संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन्।

निवर्तमान सांसद शर्मा पनि भृकुटीमण्डपबाट बाहिरिएका छन्। उनले आफूहरू पार्टी फुटको पक्षमा नलाग्ने बताएका छन्।