लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार अर्को कीर्तिमान कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो। 

अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ। यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो।