विराटनगर। सुनसरीको कोशी गाउँपालिकामा बुधबार राति गोली लागेर एक जनाको मृत्यु भएको छ। कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) लौकही नजिकै पर्ने सो स्थानमा बुधबार राति करिब १ बजे गोली चलेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार रातिको समयमा सिटि सफारीबाट चिनि सरफ लगायतका सामाग्रि ल्याउदै गर्दा गोलि हानि हत्या गरीएको हो। घटना भएको स्थाल भारतिय नाका भन्दा ५ सय मिटर उत्तर हो।
घटनास्थलबाट प्रहरीले गोलीको खोका समेत फेला पारेको छ।
गोली कसले र किन चलाएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। ‘हामीले घटनास्थलबाट केही प्रमाणहरू संकलन गरेका छौं र घटनाको गम्भीरतालाई हेर्दै विस्तृत अनुसन्धान अघि बढाएका छौं,’डीएसपी खड्काले भने।




















