नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनु हुँदैन भन्नु राजनीतिक अपराध भएको टिप्पणी गरेका छन्।
दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले विदेशी योजनामा एमालेका केही नेताले नै ओलीको विकल्प खोजेर राजनीतिक अपराध गर्न खोजेको दाबी गरेका छन्।
‘अहिले पार्टीभित्रबाटै केपी ओलीको विकल्प खोज्न थालेर राजनीतिक अपराध गर्न खोजिँदै छ। यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो। हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँ’, बस्नेतले भने।




















