सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे छ।

त्यस्तै, भारतको विशाखापटनमा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने 30th Partnership Summit, 2025 मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरलेले जानकारी दिए। 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू समेत मन्त्रिपरिषद् बैठकले गरेकाे छ। 

581893947_1006009891706868_6713242654750369269_n_sln734Fp1c

579255448_843142588120953_6676478863976965999_n_2f6CB0oRCr