अमेरिकामा कार्गो विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
अमेरिकाको केन्टकी राज्यको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्ने क्रममा धावनमार्गमा दुर्घटना भएको हो।
दुर्घटनापछि विमानमा रहेको करिब ३८ हजार ग्यालेन इन्धन विस्फोट हुँदा आगो फैलिएको थियो। सोही कारण विमानमा रहेका ३ जना र बाहिर रहेका अरूलाई पनि आगोको लप्काले लपेटेको थियो भने विमानबाहिर रहेका ४ जनाको मृत्यु भएको हो।
११ जना आगोबाट पोलिएको अवस्थामा रहेको बताइएको छ।




















