झापा र सुनसरीको विभिन्न स्थानहरूबाट कात्तिक १२ गते प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ।
झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का विष्णु राजवंशीलाई आफ्नै घरमा लागूऔषधको बिक्री वितरण गरिरहेको अवस्थामा ट्रामाडोल-८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाईक्लोमाईन ५ सय ट्याब्लेट सहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो।
यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले सङ्खुवासभाको धर्मदेव नगरपालिका-४ का ओमनाथ घिमिरेलाई ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित र इलाका प्रहरी कार्यालय धरानले विभिन्न किसिमका लागूऔषध ३ सय १७ ट्याब्लेट सहित धरान उप-महानगरपालिका-५ का रेहान लिम्बुलाई नियन्त्रणमा लिएको छ।




















