दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस गएराति दुर्घटना भएको हो।
बसमा ३५ जना यात्रु सवार थिए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। २० जना उपचारपछि घर फर्केका छन्।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।




















