वर्षा सहितको बाडीले क्षती पुर्‍याएको इलामको अवलोकनमा मन्त्रीहरू आउन थालेका छन्। वर्षासहितको बाडी गएको एक साता हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, र सचिव केशव कुमार शर्मा सहितको टोलीले बाडी प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

गत असोज १८ गतेको अविरल वर्षापछि देशभरकै सबैभन्दा बढी क्षति इलाममा भएको थियो। बाढी, पहिरो र सडक अवरुद्धजस्ता घटनाले इलामका १० वटै पालिकाका अधिकांश बस्तीहरू प्रभावित भएपछि सङ्घीय मन्त्रीहरूको टोली इलाममा अनुगमनका लागि आउन लागेको हो।

कार्यक्रम अनुसार इलाम नगरपालिका–१० स्थित माई टापुमा विस्थापित ३६ घरधुरीका प्रभावित परिवारहरूको स्थलगत निरीक्षण र राहत वितरणदेखि मेची राजमार्गको माईखोला–इलाम सडकखण्ड अवलोकन, इलाम नगरपालिका क्षेत्रको मिलगोलाईसम्मको स्थलगत निरीक्षण तथा स्थानीय अधिकारीहरूसँग बैठक गर्ने कार्यतालिका छ।

मन्त्री स्तरीय टोलीले जिल्ला प्रशासन कार्यालयमा समन्वय बैठक गर्दै प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माण प्रक्रियाको मूल्याङ्कन गर्नेछ। इलाममा अघिल्लो सातादेखि राहत वितरण कार्य जारी रहे पनि अझै धेरै प्रभावित परिवारहरू अस्थायी टहरामा बस्दै आएका छन्।

सङ्घीय मन्त्रीहरूको यो भ्रमणबाट तत्काल राहत र पुनर्निर्माणको प्रक्रियामा गति आउने अपेक्षा गरिएको छ। इलाम सरकारले तीन महिनालाई सङ्कटग्रस्त क्षेत्र घोषणा समेत गरिएको छ।