नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।