मोरङको पथरी शनिश्चरे नगरपालिका–२ सरस्वती टोलबाट जरायोको सिङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ। पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्।
जरायोको सिङ लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा निरज गुरुङको घरमा छापा हान्दा ३ जोर (६ वटा) जरायोको टाउकोसहितको सिङ फेला परेको थियो।
गुरुङको घरमा इलाका प्रहरी कार्यालय पथरीका असई गुलजारी यादव नेतृत्वको टोलीले साँझ ५ः५० बजेतिर छापा हानेको थियो। यस विषयमा इलाका प्हरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।