नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानूनी विषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानुनमन्त्रीको जवाफ माग गरेकी हुन्।
गम्भीर विषयमा कानुन निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रुपमा उठेका विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन्।
त्यस्तै, अन्य सांसदहरूले पनि बहुविवाहलाई वैधता दिने विषयमा भएका चर्चा परिचर्चाप्रति ध्यानाकर्षण भएको भन्दै कानुनमन्त्रीको जवाफ माग गरेका थिए।