पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु भएको छ। ७०० भन्दा बढी घाइते भएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ। मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।
बाढीले १,६७६ घरहरूलाई पनि क्षति पु¥याएको छ, जसमध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदायहरूको लागि कठिनाइलाई थप बढाएको छ। एनडीएमएले २२३ उद्धार कार्यहरू सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रहरूबाट २,८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ।