झापा दमकमा जंगली हात्तीले ५ वटा घरमा क्षति पुर्याएको छ। जंगलबाट दमक नगरपालिका–२ बेलडाँगीस्थित बस्तीमा छिरेर २ वटा हात्तीले आइतबार राति १० बजेतिर क्षति पुर्याएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार हात्तीले दमक–२ का टंकबहादुर राई, कुलबहादुर चौहान, चन्द्रकला खड्का, राजु लिम्बू र पुष्प खतिवडाको घरमा क्षति पुर्याएको छ। घर र भान्सा भत्काएर हात्तीले अन्नसमेत खाइदिएको छ। 

सबै घरहरुमा सामान्य क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।