झापाको कनकाई नगरपालिकाले आइतबार सुरुङ्गास्थित विभिन्न किराना पसलमा छापा मारी भोला, चुरोट, खैनीलगायतका सुर्तीजन्य वस्तुहरू बरामद गरेको छ। 
बरामद गरिएका ती सामग्रीहरूलाई कोटिहोमनजिकै खोला किनारामा लगेर नष्ट गरिएको नगरपालिकाले जनाएको छ।
527353708_1057069946607364_1966049631907064088_nआर्थिक वर्ष २०७९/८० मै सुर्तीजन्य वस्तुहरू बिक्री वितरणमा रोक लगाउने निर्णय गरिए पनि हालसम्म केही व्यापारीहरूले लुकिछिपी ती वस्तुहरू बिक्री गर्दै आएको पाइएको नगर उपप्रमुख आशा शिवाकोटीले बताइन्।
उनका अनुसार सुरुवाती चरणमा साना गुम्तीहरूमा अनुगमन सुरु गरिएको हो। केही पसलहरूमा सुर्तीजन्य पदार्थ लुकाएर बिक्री वितरण गरिएको भेटिएको उनले जानकारी दिइन्।
527506650_1057069986607360_3095056268574855696_nशिवाकोटीका अनुसार छिमेकी पालिकाहरूमा यस्ता पदार्थहरू खुल्ला रूपमा बिक्री भइरहेकाले कनकाईमा पनि यसको असर परेको देखिएको छ। त्यसैले नगर क्षेत्रलाई ‘स्वस्थ र सुर्तीमुक्त’ बनाउने उद्देश्यसहित नियन्त्रणात्मक कार्यमा कडाइ गरिएको हो।
नगरपालिकाले आगामी दिनहरूमा पनि निरन्तर अनुगमन गर्ने र आवश्यक परे कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।