बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा धरौटीमा छुटेका चर्चित व्यवसायी तथा राजसंस्था पुनः स्थापनाका अभियन्ता दुर्गा प्रसाईँ कारागारबाट रिहा भएका छन्।
राजसंस्था र हिन्दुराज्यको पक्षमा चर्को आन्दोलन चालेका प्रसाईँलाई दुवै मुद्दामा छुट्ने आदेश प्राप्त भएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उनलाई लिन नेपाली काँग्रेसका सांसद सुनिल शर्मा आफैँ कारागार पुगेका थिए।
साथै, प्रसाईँको समर्थनमा ठुलो सङ्ख्यामा समर्थकहरू कारागार परिसरमा जम्मा भएका थिए। समर्थकको नाराबाजी र फूलमालासहित प्रसाईँलाई भव्य स्वागत गरिएको थियो।
शर्माका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईँलाई आफूहरूको जिम्मा लगाउन पत्राचार गरिसकेको भए पनि उनी आफ्नै निवास फर्किएका छन्।